काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १.२९ अंकले बढेको छ।
बढेको बजार १५६२.४६ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले बढेर ३१०.०८ अंकमा पुगेको छ।
आज १९६ कम्पनीका ४९ लाख ९४ हजार कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ समूहको उपसूचक १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र म्युचुअल फण्ड ०.०१ अंकले उकालो लागेको छ।
त्यसैगरी होटल १५.८५, विकास बैंक ११.१, फाइनान्स ०.३२, निर्जिवन बिमा २४.४२, उत्पादन २९.५५, माइक्रोफाइनान्स १.६ र बिमा १६.८ अंकले घटेको छ।
आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकले गुमाएका छन्।