आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अर्घाखाँचीमा संस्थापन पक्षको लज्जास्पद हार, ५ पालिका सभापतिमा पौडेल पक्ष विजयी

अर्घाखाँचीमा संस्थापन पक्षको लज्जास्पद हार, ५ पालिका सभापतिमा पौडेल पक्ष विजयी

अर्घाखाँचीका ६ स्थानीय तहमध्ये ५ तहमा शनिबार सम्पन्न अधिवेशनको प्राप्त परिणाम अनुसार नेतृत्वमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष शून्य भएको हो। शितगंगा नगरपालिकामा भने आइतबार निर्वाचनको कार्यक्रम तय गरिएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

बुटवल- अर्घाखाँचीमा नेपाली कांग्रेस संस्थापन पक्षले लज्जास्पद हार व्यहोरेको छ। अर्घाखाँचीका ६ स्थानीय तहमध्ये ५ तहमा शनिबार सम्पन्न अधिवेशनको प्राप्त परिणाम अनुसार नेतृत्वमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष शून्य भएको हो। शितगंगा नगरपालिकामा भने आइतबार निर्वाचनको कार्यक्रम तय गरिएको छ।

मत परिणाम अनुसार ५ पालिकाको निर्वाचनमा पौडेल पक्षका सभापतिमा विजयी भएका हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित भएका छन्। छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३० मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

भूमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भए। सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत पाएका थिए भने भूमिकास्थानमा निर्वाचित भएका बेल्वासेले १०३ मत प्राप्त गरेका थिए। 


प्रकाशित: Sep 26, 2021| 14:48 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।