बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मुकेश चौरसिया हत्या प्रकरण: आरोपित उत्तम तिवारी पक्राउ

मुकेश चौरसिया हत्या प्रकरण: आरोपित उत्तम तिवारी पक्राउ

तिवारी नेसनल मेडिकल कलेजको आकस्मिक कक्षबाट आईसीयूमा सार्ने बेला प्रहरीलाई झुक्याएर भागेका थिए।
 |  आइतबार, कात्तिक १६, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, कात्तिक १६, २०७७

वीरगञ्ज- नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्याका मुख्य आरोपितमध्येका उत्तम तिवारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार भागेर भारत पुगेका उनलाई त्यहीँबाट पक्राउ गरेर ल्याइएको हो।

नेकपा गाउँपालिका स्तरीय शपथ ग्रहण कार्यक्रममा नेकपाभित्रकै दुई पक्षबीच कुटाकुट भई गम्भीर घाइते भएका चौरसियाको मृत्यु भएसँगै अस्पतालबाटै फरार भएका विन्दाबासिनी गाउँपालिका ५ प्रसौनीभाठाका उत्तम तिवारीलाई प्रहरीले पक्राउ गरेको छ।

उक्त घटनामा तिवारी पनि घाइते भएका थिए। तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ ।
उपचाररत चौरसियाको मृत्युको खबर थाहा पाएलगत्तै तिवारी नेसनल मेडिकल कलेजकाे आईसीयूबाट प्रहरीलाई झुक्याएर भागेका थिए। उनीसँगै उनका भाइ चिन्टु तिवारी पनि फरार भएका थिए।

पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार फरार रहेका केही व्यक्ति पक्राउ परेका छन्। तर, कतिजना कहाँबाट पक्राउ परे लगायतका सबै विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए।

चौरसिया हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद राजकुमार गुप्तासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १२ जना नेता कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत जाहेरी परेपछि अहिलेसम्म तीन जना पक्राउ परेका छन् भने अन्य फरार छन्।

स्रोतका अनुसार राजकुमार गुप्ता पनि अझैसम्म फरार सूचीमै छन्।

घटनामा संलग्न भनिएकामध्ये देवा सहनी र हनिफ मियाँ गुप्ताकै श्रीपुरस्थित घरबाट पक्राउ परेका थिए। घटना भएकै दिन गुप्ता सहित सात जनालाई प्रहरीले पक्राउ गरे पनि तीमध्ये दुई जनालाई हिरासतमा राखेर ६ जनालाई सोही दिन रिहा गरेको थियो ।

प्रकाशित: Nov 01, 2020| 16:45 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।