बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मुकेश चौरसिया हत्या सम्बन्धमा अर्को पक्षबाट पनि जाहेरी

मुकेश चौरसिया हत्या सम्बन्धमा अर्को पक्षबाट पनि जाहेरी

मृतक चौरसिया नेकपाभित्र पूर्व माओवादी समूह निकट मानिन्थे। उनको हत्यामा यसअघि पूर्व एमाले समूहलाई मुछिएको थियो। अहिले गुडियादेवीले दिएको जाहेरीमा भने पूर्व माओवादी समूहका व्यक्तिलाई मुछिएको छ।
 |  बिहीबार, कात्तिक २०, २०७७

जियालाल साह

जियालाल साह

बिहीबार, कात्तिक २०, २०७७

वीरगञ्ज– नेकपा पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसिया हत्यासम्बन्धमा पुनः अर्को जाहेरी परेको छ। 

वीरगञ्जकी गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनात्मक सिफारिस समेत गरेको छ। 

दोस्रो जाहेरीमा चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी, रामचन्द्र साह लगायत १५ जनालाई आरोपित गरिएको छ। 

मृतक चौरसिया नेकपाभित्र पूर्व माओवादी समूह निकट मानिन्थे। उनको हत्यामा यसअघि पूर्व एमाले समूहलाई मुछिएको थियो। अहिले गुडियादेवीले दिएको जाहेरीमा भने पूर्व माओवादी समूहका व्यक्तिलाई मुछिएको छ।

चौरसियाको परिवारले यसअघि कार्तिक १६ गते पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जना माथि किटानी जाहेरी दिएको थियो। त्यसबेला प्रहरीले मुद्दा दर्ता नगरेपछि जिल्ला न्यायधीवक्ताको कार्यालयले निर्देशनात्मक सिफारिस गरेपछि मुद्दा दर्ता भएको थियो। 

अहिले गुडिया देवीले दिएको जाहेरीमा नेकपा केन्द्रीय कमिटी सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी, पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसिया, बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव, होदा राउत गद्दी, महादेव चौहान, कलसरीफ राउत गद्दी, संसद राउत गद्दी, सवादिन राउत गद्दी, रुस्तम राउत गद्दी, मोहन यादव, जितेन्द्र चौरसिया र समन साह बनिया लगात १५ जनाको मिलोमतोमा मुकेश चौरसियाको हत्या भएको आरोप लगाइएको छ । 

जाहेरीमा १५ जना प्रतिवादीहरुले उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाइएको छ। 

उत्तम तिवारी र पुकार तिवारी तीनै व्यक्ति हुन् जो झडपमा चौरसियासँगै घाइते भएका थिए र उपचारका क्रममा चौरसियाको मृत्यु भएको खबर पाएपछि अस्पतालबाटै फरार भएका थिए। चौरसियाको परिवारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ। उत्तम तिवारीलाई यसअघि नै पक्राउ भइसकेका छन्। 

कार्यकर्ताबीच झडप भइरहँदा घटनास्थलमा रहेका नेताले छुट्याउने प्रयास नगरी किन मुक दर्शक किन बने? कार्यक्रम स्थलमा बाँसका भाटा कसले किन ल्याएको थियो? यदि झगडा हुने पूर्वअनुमान थियो भने प्रहरीलाई किन खबर गरिएन जस्ता कोणबाट घटनाको अनुसन्धान गरिने एक प्रहरी अधिकृतले बताएका छन्। 

ती प्रहरी अधिकृतले भने ‘घटना भइरहँदा रेकर्ड गरिएका भिडियो फुटेज पनि प्राप्त भएको छ, त्यसबाट पनि अनुसन्धान अघि बढेको छ।’

पर्साको बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कात्तिक ६ गते नेकपाको गाउँ पालिका कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेकै बेला नेकपाभित्रकै अर्को पक्षले आफूहरुलाई कार्यक्रममा नबोलाइएको भन्दै विवाद सुरु गरेको थियो। विवाद बढ्दै जाँदा भएको झडपमा परी दर्जनबढी घाईते भएका थिए। ती घाइतेमध्ये चौरसियाको सोही दिन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 


 

प्रकाशित: Nov 05, 2020| 16:37 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।