काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ८१७ संक्रमित थपिएकामा आधाभन्दा धेरै संक्रमित उपत्यकामा छन्।
मन्त्रालयका अनुसार आइतबार थपिएकामा ७१० जना महिला र ८२३ जना पुरुष छन्। मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १६२ जना गरी उपत्यकामा कुल १ हजार ५३३ जना कोरोना संक्रमित थपिएका हुन्।
हाल काठमाडौँमा १५ हजार ५२२ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार १२९ र ललितपुरमा २ हजार २०५ जना सक्रिय संक्रमित छन्।