मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच आज पनि भेट, नेकपा विवाद सहमतिमा मिलाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज पनि भेट, नेकपा विवाद सहमतिमा मिलाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेका छन्। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला बुधबार बिहान पुनः राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेका छन्। 

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बिहान साढे १० बजे शीतलनिवास पुगेका थिए। भेटमा ओलीले पार्टीभित्र पछिल्लो समय देखिएको विवाद र समाधानका बारेमा केन्द्रित रहेर छलफल गरेको बुझिएको छ। 

छलफलमा राष्ट्रपतिले पनि सहमतिका साथ अघि बढ्न सुझाव दिएकी बताइएको छ। नेकपाभित्र देखिएको विवादकै बीच मंगलबार साँझ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। दाहालसँगको भेटमा पनि राष्ट्रपतिले सहमति र संवादकै माध्यमबाट अघि बढ्न सुझाव दिएकी थिइन्।

यसअघि मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत हाउ यान्छीलाई भेटेर राति राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।  

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले बढाएको सक्रियतालाई चासोका साथ हेरिएको छ।

प्रकाशित: Nov 18, 2020| 06:11 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।