मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदर्शन चर्किएपछि बर्दिवासमा निषेध आदेश*, प्रहरीसँग स्थानीय आक्रोशित

प्रदर्शन चर्किएपछि बर्दिवासमा निषेध आदेश*, प्रहरीसँग स्थानीय आक्रोशित

बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि महोत्तरीको बर्दिवासमा निषेध आदेश जारी गरिएको छ । 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

महोत्तरी- बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि महोत्तरीको बर्दिवासमा  निषेध आदेश जारी गरिएको  छ। 

बुधबार (आज) बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि  निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। 

उनका अनुसार पूर्वमा रातु खोला, पश्चिममा माइस्थान चोक, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पातो चोक सम्म निषेध आदेश जारी गरिएको हो।

बालिका हत्याको विरोधमा मंगलबारदेखि स्थानीय प्रदर्शन गरिराखेका छन् । हत्या आरोपी अरुणकुमार साहको घरमा स्थानीयले आगजनी समेत गरेका छन्। 

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सञ्जय नामले परिचित बुद्धिराज न्यौपानेको मंगलबार राति मृत्यु भएको छ। 

सञ्जयको मृत्यु भएसँगै प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ। अवस्था थप तनावग्रस्त बन्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा आज बिहानबाट निषेध आदेश जारी गर्ने निर्णय गरेको हो। 

बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको थियो । उनको शव बोरामा हालेर फालेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

उनको बलात्कारपछि हत्या भएको प्रहरीको आशंका छ । घटना संलग्न भएको आरोपमा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ ।
*यसअघि 'निषेध आदेश' हुनु पर्नेमा अन्यथा भएकोले स-खेद सच्याइएको छ। 

प्रकाशित: Nov 25, 2020| 04:14 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।