मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बर्दिवास घटनाबारे मानवअधिकार आयोग बोल्यो- पीडितहरुलाई क्षतिपूर्ति देऊ, अनावश्यक बल प्रयाेग नगर

बर्दिवास घटनाबारे मानवअधिकार आयोग बोल्यो- पीडितहरुलाई क्षतिपूर्ति देऊ, अनावश्यक बल प्रयाेग नगर

महोत्तरीको बर्दिवासमा भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– महोत्तरीको बर्दिवासमा भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले उक्त घटनाको अनुगमन पनि गरेको छ। 

आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको बताइएको छ। 

महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको आरोपमा पक्राउ परेका आरोपितलाई कानुनी कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयले गरेको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको उल्लेख गरेको हो।

आयोगको प्रदेश नम्बर २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको छ। महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिएको आयोगको ठहर छ।

अपराधका घटनामा संलग्नहरू उपर कानुनबमोजिम कारवाही गर्न, कानुन हातमा लिन खोज्ने जो कोहीलाई कानुनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ।

कुनै पनि आपराधिक घटनामा कानुन बमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सहयोग पुर्याउन, प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनकारीलाई समेत आग्रह गरेको छ।

प्रकाशित: Nov 25, 2020| 09:12 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।