काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौँमा ६२५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जना गरी कुल ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल काठमाडौंमा ७ हजार ६६० भक्तपुरमा ५८० र ललितपुरमा १ हजार ४९९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१० जनामा पीसीआर परीक्षण गरिएको छ।