काठमाडौं – जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा आयोजक अस्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ३७४ रन बनाएपछि पाहुना टिमले ३७५ रनको लक्ष्य पाएको हो।
आईसीसी सुपर लिगअन्तर्गतको खेलमा ओपनर डेबिड वार्नरले ६९ रन बनाए भने ग्लेन म्याक्सबेलले ४५ रन बनाए।
१२४ बल खेलेका कप्तान आरोन फिन्चले भने दुई छक्का र नौ चौकाको सहयोगमा ११४ रनको शतकीय इनिङ खेले।
भारतका लागि महँगो साबित भएका फिन्चलाई जसप्रित बुमराहले ३९.६ ओभरमा केएल राहुलको हातबाट क्याचआउट गराए।
त्यसपछि मात्र पाहुना टिमको दबाब कम भएको थियो। अर्का ब्याट्सम्यान स्टिभ स्मिथले पनि १०५ रनको शतकीय पारी खेल्दै अस्ट्रेलियालाई सहज अवस्थामा अवतरण गराएपछि भने भारतले विशाल लक्ष्य पाएको छ।
स्मिथले ६६ बलमा चार छक्का र ११ चौकाका साथ १०५ रन बनाएका हुन्।
यता भारतका मोहम्मद सामीले वार्नर, स्मिथ र म्याक्वेललाई पेवेलिन पठाउँदै तीन विकेट लिए भने बुमराह, नवदीप सैनी र युजवेन्द्र चहलले समान १–१ विकेट लिए।
भारतका टी नटराजन, टामिल नदु भारतको एकदिवसीय क्रिकेट स्क्वाडमा सहभागी बनेका छन्। नटराजनलाई नवदीप सैनीको कभरका रुपमा राष्ट्रिय टोलीमा ठाउँ दिइएको इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ।
उनले आईपीएलमा ४.८१ को इकोनोमी राखेका थिए भने इलिमिनेटरमा एबी डिबिलियर्सलाई समेत पेवेलियन पठाएका थिए। अबको खेलमा नवदीप सैनी मैदान आउन नसके नटराजनले स्थान पाउनेछन्।
त्यस्तै, आजको खेलबाट अस्ट्रेलियाका कप्तान फिन्च सबैभन्दा चाँडो पाँच हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले १२६ एकदिवसीय इनिङमा सो रन पूरा गरे। यसअघि पूर्वकप्तान डेबिड बार्नले ११५ इनिङमा यस्तो कोसेढुंगा पार गरेका थिए।
विश्वमै छिटो पाँच हजार रन पुर्याउने खेलाडी भने दक्षिण अफ्रिाकाका हसिम अमला हुन्। उनले १०१ इनिङमा उक्त दुरी पार गरेका थिए।
कप्तान फिन्च पाँच हजार रन बनाउने तालिकामा अस्ट्रेलियाका चाहिँ १६ औं ब्याट्सम्यान हुन्।
जारी आईसीसी सुपर लिग एकदिवसीय विश्वकप २०२३ मा पुग्ने बाटोसमेत हो।