काठमाडौं– अन्तर्राष्ट्रिय उडान हुनुभन्दा करिब चार घण्टाअघि यात्रु विमानस्थल पुग्नुपर्ने भएको छ।
यसअघि तीन घण्टाअघि पुग्नुपर्ने भए पनि कोरोना भाइरस महामारीका कारण थप विवरण जाँच हुने भएकोले समयावधि बढी बनाइएको हो
नेपाल वायुसेवा निगमले उडान तालिकाभन्दा चार घण्टा अघि विमानस्थल पुगेर सहजीकरण गरिदिन अनुरोध गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियमित अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति दिएको थियो।
अब अर्को हप्तादेखि नेपाल–भारत नियमित उडान सुरु हुँदै छ। अन्य देशमा पनि क्रमशः उडान सुरु हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ।