शुक्रबार, जेठ ३, २०८२

हालसम्म पारित प्रदेश ऐनहरूको सङ्ग्रह विमोचित 

गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

गण्डकी– गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चारखण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको पुस्तकको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विमोचन गरेका हुन्। 

गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्ये ४४ वटा पुस्तिकामा समावेश गरिएको छ। प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालतलगायतका कानूून कार्यान्वयन गर्ने एकाइमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकाय बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको र सबै निकायमा उपलब्ध गराइने मन्त्री चुमानले बताए।

प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाँझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भन्नुभयो, ‘एकल अधिकार सूचीका कानून बनाउँदा संविधानसँग नबाँझिने गरी बनाएका छौँ। कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा संघमा कानुन नबन्दा प्रदेशलाई अप्ठ्यारो भए पनि संघको मापदण्ड र आधारअनुसार कानून निर्माण गरेका छौँ।’

मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताए। प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग–निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेशसभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्बन्धित ऐन समावेश छ। 

यसैगरी दोस्रो खण्डमा राजस्व, आर्थिक प्रशासन, यातायात, जलस्रोत ऊर्जा तथा भौतिक पूर्वाधारसँग सम्बन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य, पर्यटन, वन वातावरण, विज्ञान प्रविधि, खाद्य, कृषि, सहकारी र भूमिसँग सम्बन्धित कानून छन्। चौथो खण्डमा शिक्षा, स्वास्थ्य, खेलकूद, महिला, बालबालिका, समाज कल्याण तथा संस्कृतिसँग सम्बन्धित विषय छन्। 
 

प्रकाशित: Nov 28, 2020| 01:06 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।