शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पञ्चायतको दण्ड तिर्न नसक्दा अपहरणको नाटक, पासवान दाजुभाइ पक्राउ 

पञ्चायतको दण्ड तिर्न नसक्दा अपहरणको नाटक, पासवान दाजुभाइ पक्राउ 

पञ्चायतको दण्ड तिर्न नसक्दा रौतहटमा एकै परिवारका दाजुभाइले आफ्नै अपहरणको नाटक गरेका छन्।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

पर्सा- पञ्चायतको दण्ड तिर्न नसक्दा रौतहटमा एकै परिवारका दाजुभाइले आफ्नै अपहरणको नाटक गरेका छन्।

उनीहरु दुवैजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने भएको छ। 

अरुलाई फसाउन आफ्नो अपहरणको नाटक गर्ने गढीमाई नगरपालिका-९ इर्नर्वाटोल बस्ने २८ वर्षीय सञ्जीव पासवान र उनका भाइ २३ वर्षीय राजीव पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

दाजु सञ्जीव आफ्नै घरको कोठाभित्र सुतिरहेको अवस्थामा अपहरणमा परेको भनेर भाइ राजीवले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा फोन गरेर जानकारी गराएको थियो। 

उनले फोन गरेर सोही स्थानमा बस्ने जितु पासवानसहित मुखमा माक्स लगाई आएका ४-५ जना पुरुषको समूहले घर ढोकामा लगाएको बाँसको टाँटीको काटी घरभित्र प्रवेश गरी दाइको अपहरण गरी लगेको जानकारी दिएका थिए।

अपहरणमा परेको दाइको उद्धारका लागि घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय गरुडाको टोलीलाई याचना गरेका थिए।

घटनाको विस्तृत बुझ्दै थप गहिराईमा पुगेर अनुसन्धान गर्दा पासवान अपहरणमा नपरेको पाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावले बताए।

उनका अनुसार पासवानले दाजुभाइले केही महिना अगाडि स्थानीय गोविन्द पासवानसँग कुटपिट हुँदा पञ्चायतीको निर्णय अनुसार सञ्जिवले गोबिन्दलाई ३० हजार तिर्नुपर्ने थियो। 

सोही रकम तिर्नु नपरोस् र गोविन्दको परिवारलाई जेलमा पुर्याउने उद्देश्यले अपहरणको नाटक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरिक्षक रावलेले बताए। 

प्रहरीले उनका दाइलाई घर नजिकैको धान खेतमा दुवै हात बाँधेको अवस्थामा फेला पारेको थियो। फेला परेका सञ्जीवलाई सोधपुछ गर्दा उल्टै वादविवाद गरी अस्लिल शब्द प्रयोग गरेर गाली गलौज गरेपछि दुवै दाजुभाइलाई पक्राउ गरी सोधपुछ गर्दा थप रहस्यहरु बाहिरिएको थियो। 

पक्राउ परेका दुवै जनालाई प्रहरीको काम कर्तव्यमा बाधा अवरोध पुर्याई अशान्ति मचाई अभद्र व्यवहार गरेको हुँदा अभद्र व्यवहार कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट ७ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडाको न्यायिक हिरासतमा राखिएको रौतहट प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 29, 2020| 13:55 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।