शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सोमबार २०२८ अंक छोएर फर्कियो नेप्से, ८ अर्ब ८६ करोडको कारोबार

सोमबार २०२८ अंक छोएर फर्कियो नेप्से, ८ अर्ब ८६ करोडको कारोबार

सेयर बजार परिसूचक सोमबार २००० अंक नजिक पुगेर बन्द भएको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

काठमाडौं- सेयर बजार परिसूचक सोमबार २००० अंक नजिक पुगेर बन्द भएको छ।

नेप्सेले बजार खुलेर कारोबार सुरु गरेको केही मिनेटमा नै २०२८.४५ अंकलाई छोएर बन्द हुँदासम्ममा १९९७.०६ अंकमा अडिएको छ।

सोमबार नेप्से २८.७९ अंकले उकालो लागेको छ। यसदिन बैंक तथा वित्तिय समूह (बैकिङ समूह ७.३८ विकास बैंक समूह ४८.१४, फाइनान्स ५.४१) ओरालो लागेका छन् भने म्याचुअल फन्ड पनि ०.१३ अंकले ओरालो लागेको छ।

त्यस्तै जीवन बिमा ८२३.३५, लघुवित्त ३७.६, उत्पादनमूलक १९३.०४, निर्जीवन जीवन बिमा १९३.०४ जलविद्युत ८९.२३, व्यापार समूह १५१.०७ र होटल्स ४.९६ अंकले उकालो लागेको नेप्सेले जनाएको छ।

युनाइटेड मोदी हाइड्रोपावरको सर्किट ब्रेक भएको छ। सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्। त्यस्तै सोमबार सवैभन्दा बढी कमाउनेमा अपर तामाकोसी, ग्रिन डेभलपमेन्ट बैंक लगायतका आठवटा कम्पनीले ९ प्रतिशतभन्दा बढी कमाएको नेप्सेले जनाएको छ।

त्यस्तै सोमबार सवैभन्दा बढी गुमाउनेमा विशाल बजार कम्पनी रहेको छ। सो कम्पनीले दश प्रतिशतले आफ्नो सम्पत्ति गुमाएको छ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सले ३४ करोड ४८ लाख रुपैयाँ र नेपाल पुनर्बिमा कम्पनीले ३७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

यसदिन १९८ कम्पनीको ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: Nov 30, 2020| 10:05 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्