शुक्रबार, जेठ ३, २०८२

नेपालले भारत र चीन दुवै देशसँग फाइदा लिनुपर्छ : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाइ छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने, ‘भारतसँग नेपालको त्रेतायुग र द्वापरयुगदेखिको सम्बन्ध हो । चीनसँग पनि सातौं शताब्दीदेखि सम्बन्ध हो । नेपालको लोकेसन नै रणनीतिक छ । यसको फाइदा लिन सक्नुपर्छ ।’

नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाए । उनले भने, ‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढी छ । आर्थिक सम्बन्ध पनि छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यात पनि हाम्रो भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ ।’ 

उनले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । महतले नेपालले  भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि सुनाए । 

त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले उल्लेख गरे । महतले भने, ‘हुम्लामा कतिपय पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने कुरा आएका छन् । यसबारेमा निष्पक्ष ढंगले विज्ञहरु बसेर हेर्नुपर्छ । छानबिन गरेर टुंगो लागोस् । भारतसँगको सिमाना पनि टुंगो लगाउनुपर्छ । अहिले भएका सानातिना समस्या समाधान गर्दै जानुपर्छ ।’

फरक प्रसंगमा उनले आफ्नो पार्टीको महाधिवेशनको तयारी भैरहेको सुनाए । उनका अनुसार क्रियाशिल सदस्यता जिल्लाजिल्लाबाट यो महिनाभित्र आइपुग्नुपर्छ भन्ने प्रस्ताव छ । महाधिवेशन निष्पक्ष ढंगबाट सम्पन्न गर्नुपर्छ भनेर आफूहरुले आवाज उठाएको पनि महतले सुनाए । 

प्रकाशित: Dec 01, 2020| 11:49 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।