शुक्रबार, जेठ ३, २०८२

आवासको अधिकार सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सडक विस्तार गर्दा घर भत्काएर विस्थापित भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले सडक विस्तार गर्दा घर भत्काएर विस्थापित भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। 

सर्वोच्च अदालतको आदेशविपरीत व्यक्तिको घर भत्काएर विस्थापित बनाई सम्पत्ति नष्ट गरिएका व्यक्तिको सम्पत्तिको उचित क्षतिपूर्तिको प्रदान गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको हो। 

आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले आज (मंगलबार) जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यकाको बालाजु, बानेश्वर, खोकनालगायत क्षेत्रमा सडक विस्तारका नाममा प्रहरी प्रयोग गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणले जबर्जस्ती र जथाभावी घर भत्काई यस क्षेत्रका व्यक्तिको आवासको अधिकार हनन गरेकोप्रति आयोगले ध्यानाकर्षण जनाएको छ। ती ठाउँमा आयोगले पटकपटक अनुगमनसमेत गरेको छ। 

काठमाडौँको बालाजु वाइपासलगायत क्षेत्रका ३९ घरमा काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा चाडबाडको समयमा समेत अचानक ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी पटक पटक डोजर/स्काभेटर प्रयोग गरी सम्पत्ति नष्ट पारिएको र हालसम्म पनि निजहरुले कुनै क्षतिपूर्ति उपलब्ध नगराइएको र वैकल्पिक बसोवासको व्यवस्थासमेत नगरिएको आयोगको अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित: Dec 01, 2020| 13:45 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।