शुक्रबार, जेठ ३, २०८२

२४ घण्टाभित्र दम्पतीकै मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

इलाम- श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ। महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो। 

उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो। फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए। स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। सोही दिन उनको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो। 

उपचाररत उनलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो। अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको बताइएको छ। 

उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो। यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए। श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।
 

प्रकाशित: Dec 02, 2020| 08:04 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।