शुक्रबार, जेठ ३, २०८२

दोहोरो कर खारेज गर्न उद्योगी व्यवसायीको माग

उद्योगी व्यवसायीले दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका छन्। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं- उद्योगी व्यवसायीले दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका छन्। 

बुधबार अर्थमन्त्री विष्णु पौडेसँग नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुले भेटेर प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका हुन्। 

नवनिर्वाचित महासंघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक विकासका लागि कतिपय नीति नियमहरु पनि बाधक रहेको बताउँदै समय समयसापेक्ष ढंगले कानुनहरु परिमार्जन गर्नुपर्ने बताए। 

उनले नीति नियमहरु परिवर्तनका लागि महासंघले छ्ट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्ने पनि बताए।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण उद्योग व्यवसायमा गम्भीर असर परेको भन्दै थप राहतका कार्यक्रमहरु जारी गर्नुपर्ने बताए। 

उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै देशको समग्र विकासको लागि सरकार निजी क्षेत्रको हातेमालो अनिवार्य रहेको बताए।

सरकारले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहित गर्नुपर्ने र त्यसका लागि बलियो नीति नियमहरु आवश्यक रहेको पनि उनको भनाइ थियो।

भेटका क्रममा अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा समस्या परेको भन्दै रोजगारी बढाउन र आर्थिक वृद्धि गर्नका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् र सरकारले बजेट मार्फत् ल्याएका कार्यक्रमहरुको कार्यान्वयन नभएको गुनासो गरेका निजी क्षेत्रका प्रतिनिधिलाई आफ्नो त्यसतर्फ ध्यान गइरहेको जानकारी दिए।

प्रकाशित: Dec 02, 2020| 10:03 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्