बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन तयार, आज उद्घाटन हुँदै

जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन तयार, आज उद्घाटन हुँदै

जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवनबाट सेवा सुरु भएको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं- जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवनबाट सेवा सुरु भएको छ। २०२४ सालमा निर्माण भएको टर्मिनल भवन विस्थापित गरेर नयाँ भवन बनाइएको हो।

नवनिर्मित टर्मिनल भवनको आज मंगलबार उद्घाटन गर्ने कार्यक्रम छ। ४२ करोडको लागतमा चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवन नेपालकै पहिलो स्टिल स्ट्रक्चरको भवन रहेको बताइएको छ।

नयाँ टर्मिनलबाट एकैपटक ७ सय यात्रुले सेवा पाउन सक्नेछन्। भवनमा सीसीटीभी, फायर अलार्म, सञ्चार सेवा, भीआईपी कक्ष र आमाबच्चा स्याहार कक्ष तथा धुम्रपान क्षेत्रको पनि बन्दोबस्त मिलाइएको छ।

२०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा भवन निर्माण कार्यको शिलान्यास गरेका थिए।

डेढ वर्षमै काम सक्नेगरी निर्माण कम्पनी पप्पु एण्ड एनके कन्सट्रक्सनलाई ठेक्का दिइएकोमा निर्माण कम्पनीले समयमा काम नगरी आलटाल गरेपछि ठेक्का तोडेर दोस्रो चरणमा थेगिन जाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरी काम सम्पन्न भएको हो। 

जनकपुर विमानस्थलबाट अहिले बुद्ध, यती र श्री एयरलायन्सले सेवा दिइरहेका छन्।
 

प्रकाशित: Dec 08, 2020| 05:44 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।