बुधबार, असार ११, २०८२

बागमती प्रदेश सरकारलाई पाँच अस्पतालको जिम्मेवारी

सरकारले बागमती प्रदेशका स्थानीय तहअन्तर्गत रहेका पाँच प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालाललाई  प्रदेशअन्तर्गत राख्ने निर्णय गरेको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– सरकारले बागमती प्रदेशका स्थानीय तहअन्तर्गत रहेका पाँच प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालाललाई  प्रदेशअन्तर्गत राख्ने निर्णय गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको प्रस्ताव अनुसार बागमती प्रदेशका पाँच अस्पताललाई प्रदेशअन्तर्गत राख्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। मंसिर १८ गतेको मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही, चितवनको बकुलर रत्ननगर अस्पताल तथा काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले पाएको मन्त्री गुरुङले जानकारी दिए। 
 

प्रकाशित: Dec 09, 2020| 11:25 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।