आइतबार, असार ८, २०८२

मनकामना केबुलकार मंसिर २८ देखि सञ्चालनमा आउने

कोरोनाको महामारीसँगै नौ महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ । 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- कोरोनाको महामारीसँगै नौ महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ । 

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकले आगामी आइतबारबाट मन्दिर र केवलकार खोल्ने निर्णय गरेको हो । 

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर मात्रै मन्दिरमा पूजा गर्न पाइने र केवलकार चढ्न पाइने व्यवस्था गरिएको समितिले जनाएको  छ। 

केबुलकार चढ्नुअघि प्रत्येक यात्रुको ज्वरो मापन गरिने छ । सय फरेनहाइट भन्दा माथि ज्वरो भएका र रुघाखोकीको लक्षण देखिएका यात्रुहरुलाई प्रवेश नदिइने कम्पनीले जनाएको छ । 

केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, हात सेनिटाईज गर्नु पर्ने नियम बनाइएको छ । 

यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । 

स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको समितिले जनाएको छ  । 

यस्तै बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार बिहान ९ बजे देखि सांझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ । 

त्यसैगरी, केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने पनि जनाएको छ । 

प्रकाशित: Dec 10, 2020| 03:13 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।