आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुतेको बाघलाई नजिस्क्याउन कांग्रेस प्रवक्ता शर्माको चेतावनी

सुतेको बाघलाई नजिस्क्याउन कांग्रेस प्रवक्ता शर्माको चेतावनी

‘कांग्रेस कमजोर छ भनेर नजिस्क्याइयोस्। यो सुतेको बाघ हो।’ 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सुतेको बाघ भएकाले नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन्। 

कांग्रेसले सोमबार हेटौंडामा आयोजित विरोध सभामा सम्बोधन गर्दै शर्माले भने, ‘कांग्रेस कमजोर छ भनेर नजिस्क्याइयोस्। यो सुतेको बाघ हो।’ 

उनले सरकारले गरेको भ्रष्टाचार, अनियमितता र दमनविरुद्ध केन्द्रीय कार्यालयबाट दिएको वक्तव्यले नपुगेर आफूहरु सडकमा उत्रिएको बताए।

सरकार महामारीमा के गर्दै छ भने जनतालाई जानकारी गराउन र जागरुक बनाउन कांग्रेस सडकमा आएको उनको भनाइ छ। शर्माले सरकारका गतिविधि विरुद्ध अब संसद्बाट पनि दबाब दिइने बताए। 

नेपाली नागरिक रोग र भोगबाट मरिरहे पनि सरकार मौन रहेको बताए।

उनले उपचार नपाएर मृत्यु भएकी स्याङ्जाकी धनमाया गुरुङ र भोकभोकै मरेका काठमाडौं कीर्तिपुरका मजदुर सूर्यबहादुर तामाङको उदाहरण दिँदै प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गरे, ‘प्रधानमन्त्रीजी गुरुङ र तामाङलाई चिन्नुहुन्छ कि हुन्न?’

उनले सरकारले कालीगण्डकी आयोजना र स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाए।

प्रवक्ता शर्माले पूर्वएमाले र माओवादीबीच सत्ताका लागि मात्र एकता भएकाले सत्तारुढ दल पार्टीभित्र विवाद खडा गरेर समय गुमाइरहेको बताए। 

‘एमाले र माओवादीलाई मत दिनेहरूलाई सोध्न चाहन्छु,’ उनले भने, ‘जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाइँ होस् भनेर मत दिनुभएको थियो।’

जनतामा वितृष्णा बढेको बेला कांग्रेस सडकमा आएको भन्दै उनले सरकार बाहिर भए पनि जनताको हितमा नै कांग्रेस अघि बढ्ने बताए। उनले अहिलेको अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे।

प्रकाशित: Dec 14, 2020| 09:02 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।