मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीका कारण गणतन्त्र खतरामा पर्‍याे : नेता पौडेल

प्रधानमन्त्री ओलीका कारण गणतन्त्र खतरामा पर्‍याे : नेता पौडेल

 नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको बताएका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

धनगढी। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभामा बोल्दै नेता पाैडेलले  प्रधानमन्त्री ओलीका कारण गणतन्त्र धेरै दिन रहन नसक्ने बताएका हुन्। 

नेता पौडेलले प्रधानमन्त्री गणतन्त्रविरोधी रहेको आरोपसमेत लगाए।

‘हिजो हामीले गणतन्त्रको नारा लगाउँदै गर्दा केपी ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन, नेपालमा गणतन्त्र आउँदैन भन्नुहुन्थ्यो,’ उनले भने, ‘केपी ओली हामीले ल्याएको गणतन्त्रमा दुईपटक प्रधानमन्त्री बन्नुभयो, प्रक्रियाबाटै हुनुभयो त्यसमा हाम्रो आपत्ति भएन। तर प्रधानमन्त्री भइसकेपछि गणतन्त्रको विरोध गर्न मिल्दैन।’ 

प्रकाशित: Dec 14, 2020| 13:16 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।