काठमाडौं- कीर्तिपुर नगरपालिका–६ चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
सोमबार राति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिपरले स १० प ४९१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
खोटाङ घर भएका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई प्रहरी पक्राउ गरेको छ ।