मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सडकमा भीड गर्नेलाई मुख्यमन्त्री राईको प्रश्न– तपाईंहरुको शासनकालमा के गर्नुभयो ?

सडकमा भीड गर्नेलाई मुख्यमन्त्री राईको प्रश्न– तपाईंहरुको शासनकालमा के गर्नुभयो ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। उनले संघीयतामाथि धारे हात लगाएर अर्को विकल्प खोज्नु सान्दर्भिक नभएको बताए। 

मंगलबार विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन्। उनले प्रतिपक्षी नेपाली कांग्रेस र राजावादीहरुप्रति लक्षित गर्दै सडकमा आउनेलाई आफ्ना शासनकालमा के गर्नुभयो भनी प्रश्न गरे। 

तीन तहको सरकारले अभुतपूर्व काम गरिरहेकाले सडकमा आउनुपर्ने कुनै कारण नभएको मुख्यमन्त्री राईको भनाइ थियो। ३ वर्षमा स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेसम्मका सरकारले नगरेको काम गरेको दाबी गरे। उनले अहिलेको विकास निर्माण संघीयताको उपहार भएको बताए। 

प्रदेशमा विकास निर्माणका सयौं योजनाहरु सञ्चालनमा रहेको बताए। प्रदेश सरकारले योजनाको शिलान्यास मात्र हैन, उद्घाटन पनि गर्दै आएको बताए। मुख्यमन्त्री राईले भने, ‘पहिलेको जस्तो शिलान्यास गरेको दशौं वर्षसम्म निर्माण शुरु नहुने अवस्था अहिले छैन।’

मुलुक समृद्धितर्फ अघि बढेको समयमा आपराधिक ढंगबाट नागरिक हत्या गरेर क्रान्ति सफल नहुने मुख्यमन्त्री राई बताए। उनले भने, ‘अर्थहिन र औचित्यहिन काम नगर्नुहोस्।’ 
 

प्रकाशित: Dec 15, 2020| 11:36 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।