बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक परिषद् बैठकमा बहुमत सदस्य उपस्थित भएमा गणपूरक मानिने (अध्यादेशको पूर्णपाठसहित)

संवैधानिक परिषद् बैठकमा बहुमत सदस्य उपस्थित भएमा गणपूरक मानिने (अध्यादेशको पूर्णपाठसहित)

संवैधानिक परिषद्को बैठकमा बहुमत सदस्यहरु उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिने व्यवस्था राखेर अध्यादेश जारी गरिएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– संवैधानिक परिषद्को बैठकमा बहुमत सदस्यहरु उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिने व्यवस्था राखेर अध्यादेश जारी गरिएको छ। 

मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्यसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। लगत्तै राष्ट्रपति अध्यादेश जारी गरेकी थिइन्। 

‘परिषद्को अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य बैठकमा उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिने छ,’ संशोधित अध्यादेशमा लेखिएको छ। 

यसअघिको ऐनमा अध्यक्ष र अन्य चारजना सदस्य उपस्थित भएमा मात्रै गणपूरक संख्या पूरा भएको मानिन्थ्यो। परिषद् सदस्य प्रतिनिधिसभाको उपसभामुख अहिले रिक्त छ। 

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, विपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख गरी ६ सदस्य हुन्छन्। 

पाँच जना सदस्य उपस्थित नभएसम्म बैठक बस्न नसकिने अवस्था रहेको थियो। आइतबार प्रधानमन्त्रीले पहिलो बैठक बोलाएका थिए। 

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएनन्। आज बिहान बोलाइएको बैठकमा देउवा सहभागी भए पनि सभामुख उपस्थित भएका थिएनन्। 

बहाल रहेका बहमुत सदस्य उपस्थित भएमा गणपूरक संख्या मानिने भन्दै प्रावधानमा राखिएपछि अब प्रधानमन्त्री र अन्य थप दुईजना सदस्य सहभागी भए पनि बैठक बस्न सक्ने भएको छ। 

अध्यादेशकाे पूर्णपाठ

प्रकाशित: Dec 15, 2020| 11:44 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।