मंगलबार, असार १०, २०८२

काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने 

सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका गम्भीर अवस्थाका बिरामीबाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको हो। 

निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा योजना अनुगमन महाशाखाले सबै अस्पताललाई परिपत्र गरेको छ। 

अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीको दैनिक अनिवार्य रुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अद्यावधिक गर्नुपर्ने र सोहीअनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोधभर्ना हुने मन्त्रालयले जनाएको छ। 

साथै निःशुल्क उपचार गरेको सोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ। 
 

प्रकाशित: Dec 18, 2020| 05:12 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।