मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचकाे भेटवार्ता सकियाे

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचकाे भेटवार्ता सकियाे

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचकाे भेटवार्ता सकिएकाे छ। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

काठमाडाैं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचकाे भेटवार्ता सकिएकाे छ। 

प्रधानमन्त्री र राष्ट्रपतिबीच शीतलनिवासमा झण्डै दुई घण्टा लामाे छलफल भएकाे थियाे। 

छलफल पार्टीमा देखिएको पछिल्लो विवादबारे केन्द्रित भएको बताइएको छ। 

प्रधानमन्त्री ओलीले आज बिहानैदेखि राजनीतिक भेटघाट तीव्र पारेका छन्।

सबै भेटमा नेकपाभित्रको विवाद समाधानमा केन्द्रित रहेको बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्री निवास पुल्चोक पुगेर मन्त्रीहरूसँग भेट गरेका थिए। अध्यक्ष ओलीले पुल्चोकमा पुगेर सुरूमा गृहमन्त्री रामबहादुर थापालाई भेटेका थिए।

थापासँगको छलफलपछि अरू मन्त्रीहरूलाई पनि उनकै निवासमा बोलाएर भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रीहरूसँगको भेटमा ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ।

साथै आफूले अर्का अध्यक्ष दाहाललाई भेट गरेको र भेटमा सरकारका कामबारे दाहालले राखेको चासो, अध्यादेश फिर्ताको विषय पनि मन्त्रीहरूलाई जानकारी गराएका थिए।

ओली बिहान ११ बजे  दाहाल निवास खुमलटार पुगेका थिए। दुई अध्यक्षबीच नेकपाभित्र लामो समयदेखि जारी विवाद समाधानबारे छलफल भएको बताइएको छ।

प्रकाशित: Dec 19, 2020| 14:13 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।