मंगलबार, जेठ ७, २०८२

केपी ओलीको समर्थनमा पोखरामा र्‍याली

प्रधानमन्त्री केपी शर्मा ओलीको कमदप्रति समर्थन जनाउँदै पोखरामा युवा संघ नेपालका ओली पक्षीय कार्यकर्ताले नारा जुलस गरेका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीको कमदप्रति समर्थन जनाउँदै पोखरामा युवा संघ नेपालका ओली पक्षीय कार्यकर्ताले नारा जुलस गरेका छन्।

पोखराको मानवअधिकार चोकमा आयोजित कार्यक्रममा युवासंघका केन्द्रीय उपाध्यक्ष माधव बाँस्तोलाले सरकारलाई असफल पार्न दलभित्रबाटै षड्यन्त्र रचिएको भन्दै प्रधानमन्त्रीको यो कदम वाध्यताको उपज रहेको बताए।

प्रधानमन्त्रीलाई असफल बनाउन गुटबन्दी गर्नेहरु अब पाखा लागेको उनको भनाइ थियो। गलत व्यक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई वर्बाद गर्नुभन्दा प्रधानमन्त्रीले जनादेशको सहारा लिएको उनले बताए। 

शक्तिको तुजुक देखाउने प्रचण्डलाई अबको चुनावमा जितेर देखाउन उनले चुनौती दिए। 

कार्यक्रममा अनेरास्ववियुका कास्की अध्यक्ष विवेक देवकोटाले पार्टीभित्रका धमिरा अब पाखा लागेको बताए। युवा संघले पुस १० गते पोखरामा प्रदेशस्तरीय भेलासमेत बोलाएको छ।

प्रकाशित: Dec 21, 2020| 09:27 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।