काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल सहूहका अध्यक्ष एवं नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
दाहालले गौतमलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्। संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे दुई नेताबीच छलफल भएको दाहालका प्रेस सयोजक विष्णु सापकोटाले जानकारी दिए।
भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका छन्।