मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीको गुन नेपालीले युग-युगसम्म सम्झिनेछन् : खिमलाल भट्टराई

केपी ओलीको गुन नेपालीले युग-युगसम्म सम्झिनेछन् : खिमलाल भट्टराई

राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खिमलाल भट्टराईले मुलुकको नेतृत्व नेकपा र केपी शर्मा ओलीले गरिरहेको दाबी गरेका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडाैं- राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खिमलाल भट्टराईले मुलुकको नेतृत्व नेकपा र केपी शर्मा ओलीले गरिरहेको दाबी गरेका छन्। राष्ट्रिय सभाको आज बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले प्रधानमन्त्रीको संसद् विघटनको कदमको बचाउ गर्दै सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे। 

‘प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाका बारे बहस भइरहेको छ। कतियपय पार्टी, व्यक्ति र समूहले निरंकुश, तानाशाही कदमका रुपमा अर्थ्याउने काम भएको छ। कुनै पनि तानाशाह शासकले निर्वाचन घोषणा गर्दैन। सरकारका विरुद्ध बञ्चरो चलाउने काम पार्टीभित्रबाटै भयो। विपी कोइरालाले पनि यो नियति भोगेका थिए,’ उनले भने।

अहिले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरु क्रियाशील भए पनि सत्यानास भयो भनेर प्रचार गरिएको गुनासो उनले गरे।

उनले भने, ‘त्यस्तो अवस्था छैन। प्रतिनिधिसभा लहड र रहरले गरिएको होइन। प्रधानमन्त्रीले परिस्थितिको बाध्यात्मक कदम हो भन्नुभएको छ। सरकारलाई काम गर्न दिइन। सरकारलाई बलियो बनाउने होइन, कसरी कमजोर बनाउने भनेर योजनाबद्ध काम गरियो। दिनरात किचकिच गरियो। प्रतिनिधिसभालाई सरकार ढाल्ने र बनाउने राजनीतिको दुष्चक्रमा पार्ने कोसिस गरियो। संसद् पनि साधारण परिस्थितिमा चल्ने अवस्था रहेन। सरकार र संसद् दुवै साधरण अवस्थामा नचल्ने र राजनीतिले धमिलिने अवस्था आयो। त्यसलाई संग्लो बनाउन प्रतिनिधिसभा विघटन र चुनावको घोषणा गरिएको हो।’

ताजा जनादेशका लागि चुनावमा जानु नै अहिलेको राजनीतिको निकास भएको तर्क गर्दै सांसद भट्टराईले सबै चुनावमा केन्द्रित हुनुपर्ने बताए।

नेकपाको सरकार बनेपछि केही काम भएन भनेर पनि दुष्प्रचार भइरहेको गुनासो भट्टराईले गरे। तुइन युगको समाप्ति, लोडसेडिङ अन्त्य, देश बिजुली बेच्ने अवस्थामा पुगेको, फुसको छानो विस्थापन भएको, दलित समुदायको घर बनिरहेको, सुकुम्बासीलाई जमिनको मालिक बनाउने काम अघि बढेको, सरकारी विद्यालय र अस्पतालको स्तरोन्नति गरिएको, सडक मानव मुक्त घोषणा भएको, रानीपोखरी र धरहरा बनेको लगायत सरकारले गरेका कामको लामो फेहरिस्त उनले प्रस्तुत गरे।

‘कृषि बजार मल खादको व्यवस्था गर्न सरकार लागेको छ। पर्यटन पूर्वाधारको विकासमा तरक्की भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र निर्माण भइरहेको छ। अन्य पूर्वाधार पनि तीव्र भइरहेको छ।  हुलाकी राजमार्ग बनिरहेको छ। पूर्वपश्चिम राजमार्ग चौडा गर्ने भइरहेको छ। फास्ट ट्रयाक बनिरहेको छ। मेलम्ची खानेपानी सम्पन्न हुने चरणमा छ। सुरुङ मार्गमा देश पसेको छ।  राष्ट्रिय अर्थतन्त्र बनाउन काम भइरहेको छ। केपी ओली सरकारको कामले हामी सबैको शीर उँचो भएको छ। राष्ट्रिय स्वाधिनताको प्रश्नमा ओलीको अडानले नेपालीको छाती गर्वले फुलेको छ। केपी ओलीको यो गुन युग–युगसम्म नेपालीले सम्झनेछन्,’ सांसद भट्टराईले भने। 

प्रकाशित: Jan 07, 2021| 08:18 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।