बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भेरीमा बस खस्दा चालकको मृत्यु : एक घाइते, एक बेपत्ता (अपडेट)

भेरीमा बस खस्दा चालकको मृत्यु : एक घाइते, एक बेपत्ता (अपडेट)

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा दुर्घटना भएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

सुर्खेत- दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा दुर्घटना भएको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३ का सुमन नेपाली छन्। 

त्यस्तै दुर्घटनामा कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका दीपक भनिने ईश्वर सुनार घाइते भएका छन्। उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा एक जना बेपत्ता भएका छन्। उनको विवरण खुलेको छैन। घाइतेका अनुसार बसमा तीन जना मात्रै सवार रहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए।

बस दाङबाट रिजर्बमा सल्यान जान लागेको थियो। तर गाडी सल्यानको कुन ठाउँ र कुन प्रयोजनका लागि जान लागेको थियो भन्नेबारे केही खुलेको छैन।

घटनास्थलमै रहेका स्थानीय हरि रोकायका अनुसार गाडी करिव तीन बजेतिर दुर्घटनामा परेको हो। अहिले स्थानीय, मेहलकुना र छिन्चु प्रहरी चौकीबाट खटिएको टोलीले बेपत्ताको खोजी गरिरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Jan 07, 2021| 11:11 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।