बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा आठ करोड लागतमा रक्त सञ्चार केन्द्र निर्माण हुँदै

पोखरामा आठ करोड लागतमा रक्त सञ्चार केन्द्र निर्माण हुँदै

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र  निर्माण सुरु गरेको छ।  संस्थाले आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

पोखरा– नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र  निर्माण सुरु गरेको छ।  संस्थाले आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं ०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा ८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए।

उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट एक करोड, गण्डकी प्रदेश सरकारबाट ५० लाख, महानगरबाट १५ लाख र अन्य विभिन्न संघ संस्थाबाट पाँच लाखभन्दा बढी संकलन भएको छ। 

विसं ०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौंका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

वार्षिक २७ हजार पिन्ट रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ।

पोखरा महानगरपालिका १७ घारी पाटनद्वारा रक्त सञ्चार केन्द्र भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ। संस्थाले २५ हजार ५५५ आर्थिक सहयोग गरेको हो।

प्रकाशित: Jan 12, 2021| 03:36 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।