आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

राज्यमन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

राज्यमन्त्रीबाट हटाइएका उद्योगपति मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार नियुक्त भएका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- राज्यमन्त्रीबाट हटाइएका उद्योगपति मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहाकार नियुक्त भएका छन्।

मन्त्री सरहको सुविधासहित उनलाई प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन्। पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई हटाइएको थियो।

पुस २९ गतेको मन्त्रिपरिषद बैठकले उनलाई आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।
‘म प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा आजदेखि नियुक्त भएको पत्र पाएको छु,’ उनले नेपालसमयसँग भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गरेका थिए।

खतिवडा अहिले अमेरिकाका लागि नेपाली राजदूत छन्।

प्रकाशित: Jan 17, 2021| 12:13 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।