काठमाडौं - प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत आज (बुधबार) भइरहेको खेलमा प्रदेश १ ले आर्मी क्लबसामु १३२ रनको लक्ष्य पस्तुत गरेको छ।
काठमाडौंको मूलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १३१ रन बनाएको हो।
प्रदेश १ का लागि विवेक मेहेताले ५० रनको अर्धशतकीय पारी खेले। उनले ८३ बल खेल्दै आठ बाउन्ड्री प्रहार गरे। त्यस्तै फ्रिदोस अन्सारीले ९० बलमा ३२ रन बनाउँदा दीपक पासवानले १९ रनको योगदान गरे।
यता आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले तीन मेडन ओभर फालेर २३ रन खर्चे। त्यस्तै आकाश चन्दले तीन विकेट लिए भने सुशन भारी, भीम सार्की र राजेश पुलामीले समान एक–एक विकेट गिराए।
आजको खेलमा जित निकाल्न सके आर्मी सेमिफाइनल नजिक पुग्नेछ। आर्मीले यसअघिको दुई खेलमा सहज जित निकालेको छ।