आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • तानाशाहहरू ढल्नुअघि नागरिकलाई हेप्छन् अनि आफैं सकिन्छन् : गगन थापा 

तानाशाहहरू ढल्नुअघि नागरिकलाई हेप्छन् अनि आफैं सकिन्छन् : गगन थापा 

नागरिक आन्दोलनमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसका नेताहरूले विरोध गरेका छन्।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– नागरिक आन्दोलनमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसका नेताहरूले विरोध गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार नागरिक अभियान्ताहरूको प्रदर्शनमाथि भएको प्रहरी दमनको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापाले विरोध गरेका हुन्।  

उनीहरूले नागरिक आन्दोलनमाथिको दमनलाई तानाशाह ढल्नुअघिको फट्याइँ भएको टिप्पणी गरेका हुन्। 

प्रवक्ता शर्माले प्रधानमन्त्रीको दमनको नियतले बहिगर्मन निम्त्याउने बताएका छन्। 

‘प्रधानमन्त्रीले दमनको नियत पेश गर्नुभयो। अब समयले प्रतिगमनको नियति प्रस्तुत गर्ने छ। बहिगर्मन हरेक प्रतिगमनको नियति हुन्छ,’ शर्माले भनेका छन्। 

नेता थापाले भने नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्र अन्त्य हुनुअघिको फटफ्टाइ भएको टिप्पणी गरेका छन्। 

‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनुअघिको फटफट्याइ हो,’ उनले भनेका छन्, ‘तानाशाहहरू ढल्नुअघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन्।’ 

प्रतिनिधिसभा विघटनविरुद्ध र सम्पदा संरक्षणको सन्देशसहित नागरिक अभियान्ताहरूले सोमबार कलमपोखरी–बालुवाटार मार्चपास गरेका थिए। 

बालुवाटारमा कोणसभामा परिणत भएको प्रर्दशनमाथि प्रहरीले पूर्वसूचना नदिई पानीको फोहरा प्रहार गरेको थियो। 

प्रहरी दमनमा परी केही अभियान्ता घाइते भएका छन्। 

प्रकाशित: Jan 25, 2021| 16:06 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।