बिहीबार, असार ५, २०८२

सेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बुधबार रातिको खेलमा सेफिल्ड युनाइटेडसँग पराजित भएको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बुधबार रातिको खेलमा सेफिल्ड युनाइटेडसँग पराजित भएको छ।

ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्डसँग २–१ गोलको हार बेहोरेको हो।

खेलको २३ औं मिनेटमा गोल गर्दै सेफिल्डका कियन बायर्नले सुरुआति अग्रता बनाएका थिए। उनले बनाएको अग्रतासँगै पहिलो हाफमा सेफिल्ड एक गोलले अघि रह्यो।

तर दोस्रो हाफको ६४ औं मिनेटमा म्यानयूका ह्यारी म्यागुरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। सेफिल्डका ओलिभिए बुर्केले ७४ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई संघर्षपूर्ण जित दिलाए।

हारका बाबजुद म्यानयू ईपीएल अंकतालिकाको दोस्रो स्थानमा छ। उसले २० खेलबाट ४० अंक बनाएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अंकका साथ शीर्षस्थानमा छ।

यता पराजित सेफिल्ड भने पुछारबाट पहिलो स्थानमा छ।
 

प्रकाशित: Jan 28, 2021| 02:42 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।