बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीमा बस्ने अधिकार छैन : नारायणकाजी

केपी ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीमा बस्ने अधिकार छैन : नारायणकाजी

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन्।

काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अवैधानिक सरकारको नेतृत्व गर्ने ओलीलाई सरकारमा बसिरहने कुनै अधिकार नै नभएको बताए। 

‘विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नु नै हाम्रो लक्ष्य हो,’ उनले भने,‘संवैधानिक परिषद्को अवैधानिक बैठकबाट बलजफ्ती रुपमा नियुक्ति गरिएको प्रक्रियाको खारेज गर्न चाहन्छौं।’

केपी ओली अहिले संसद् सदस्य नरहेकाले उनी कामचलाउ रहेको श्रेष्ठले दाबी गरे। ‘एक मिनेट पनि प्रधानमन्त्रीमा बस्ने वैधानिक आधार छैन। अवैधानिक हिसाबले बसिरहेको अवैधानिक नियुक्ति अन्त्य गर्न पनि संघर्ष समिति लागेको छ,’ उनले भने,‘यो संघर्षको मुख्य उद्येश्य भनेको संविधान र लोकतन्त्रको रक्षा गर्नु नै हो।’

लोकतन्त्र र संविधानको हत्या गरेर चुनाव घोषणा गरिएको भन्दै उनले ओलीले चुनाव गर्नलाई घोषणा नै नगरेको बताए। 

‘केपी ओली फासिस्ट हुन्। फासिस्ट सहने छैनौं। यसका निम्ति संघर्ष अघि बढाइरहेका छौं,’ उनले भने,‘संयुक्त रुपमा संघर्ष गर्न पहलकदमी गरिरहेका छौं। छलफल र वार्ता गरिरहेका छौं। हुन सकिरहेको छैन। संघर्षका कार्यक्रम दिइरहेका छौं।’ 

सत्तालोलुप, पद लोभी र स्वच्छाचारी व्यक्तिलाई सरकारको नेतृत्व दिँदा चुनावको समयमा गरेको वाचा पूरा गर्न नसकिएको उनले बताए। उनले अब संसद् पुनःस्थापना भएमा बन्ने सरकारले जनताको हितमा नै काम गर्ने दाबी गर्दै उनले विकासको नयाँ ढाँचामा देशलाई अगाडि बढाइने बताए। 

‘केपी ओली एउटा गुटको अध्यक्ष हुन्,’उनले भने,‘कम्युनिष्ट भन्न नै नरुचाउने उनी अहिले कम्युनिष्ट हुँ भनिरहेका छन्।’

यो पार्टी निर्माणको नयाँ अवसर पनि भएको भन्दै उनले अब विगतमा गरिएका कमीकमजोरी सबै सच्चाएर अघि बढ्ने बताए।

प्रकाशित: Feb 10, 2021| 09:47 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।