शनिबार, असार ७, २०८२

ओली नेतृत्वको कम्युनिष्टलाई साथ दिन सकिँदैन : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जान नसकिने बताएका छन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

विराटनगर- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जान नसकिने बताएका छन्।

प्रेस युनियन मोरङले आइतबार साँझ विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले भने, ‘ओली नेतृत्वको कम्युनिष्ट पार्टीलाई सहयोग गरेर जाने कुरै हुँदैन।’ कांग्रेसले प्रदेशका मुख्यमन्त्रीहरु विरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने उनले बताए। देशभर वर्तमान सरकारका विरुद्धमा आन्दोलन गरिरहेको कांग्रेसले प्रदेश १ मा पनि सोहीअनुसार मतदान गर्ने उनले बताए। 

ओली नेतृत्वको सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउँदै सिटौलाले विराटनगरसभामा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको बताए।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निश्चित भएको विश्वास व्यक्त गर्दै सिटौलाले भने, ‘अहिलेको राजनीतिक प्रणाली ध्वस्त पार्ने कदमलाई अदालतले साथ दिने कल्पनासम्म गर्न सकिँदैन।’ 

प्रधानमन्त्री ओलीले व्यवस्था नै संकटमा पार्ने गरी प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको नेता सिटौलाको आरोप छ। व्यवस्था नै अस्थिरतातिर जाने गरी कुनै निर्णय अदालतले नगर्नेमा आफू शतप्रतिशत विश्वस्त रहेको उनले बताए।

प्रकाशित: Feb 21, 2021| 13:52 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।