मंगलबार, जेठ ७, २०८२

निर्वाचनमा जुट्न कार्यकर्तालाई पोखरेलको निर्देशन

ओली पक्षीय नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

चितवन- ओली पक्षीय नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आयोजना गरेको शपथग्रहण कार्यक्रममा उनले तोकिएको समयमा निर्वाचन स्पष्ट गरे। आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ।

नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उनले सबै कार्यकर्तालाई पुराना अन्तरविरोध त्यागेर निर्वाचनमा जुट्न आग्रह गरेका हुन्। उनले भने, ‘औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छाडेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ।’ पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उनले बताए।

पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उनले आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ। पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरुले अहिले आफ्नो भन्नु हास्यास्पद हो।’
पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको उनले बताए। 

राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उनले अहिले एकताको जस्तो आकर्षण हराएको बताए। तीन वर्षको समयमा पार्टीको क्रियाशीलता नभएको भन्दै उनले अबको पार्टीका कार्यकर्ताहरु जिम्मेवारी बन्ने समय आएको जिकिर गरे। रासस

प्रकाशित: Feb 22, 2021| 14:52 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।