शुक्रबार, असार ६, २०८२

पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए कोरोनाको खोप

अहिलेसम्म चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– नेपालमा गत १४ माघदेखि सुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो चरणमा ८५.६५ प्रतिशतले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन्।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ खोप अभियानको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो। विभागले अहिले नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकामा सोमबारसम्म ४ लाख २९ हजार ७०५ जना अर्थात् कुल जनसंख्याको १.४ प्रतिशतले खोप पाएको बताएको छ। विभागले पहिलो चरणमा ५ लाख ७ हजार ६०६ जनामा खोप लगाउने लक्ष्य राखे पनि लक्ष्यको ८५.६५ प्रतिशतले मात्रै खोप लगाएको जनाएको छ। 

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार पहिलो प्राथमिकताको पहिलो चरण अन्तर्गत गत माघ १४ देखि २४ गतेसम्म १८६ खोप केन्द्रबाट १ लाख ८५ हजार ८६५ जनाले खोप पाएका थिए। पहिलो चरणमा नै माघ २६ देखि ३० सम्म काठमाडौँमा थप केन्द्रहरु खोलेर पत्रकार कूटनीतिक नियोग र यूएन एजेन्सीका कर्मचारीलाई खोप दिने व्यवस्था गरिएको थियो। थपिएको तीन केन्द्रमा त्यसबेला कुल ३ हजार ४८० जनाले खोप लगाएको विभागको तथ्यांक छ। सो समयमा २२२ वटा केन्द्रमा खोप लगाइएको थियो। 

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कारागारका कर्मचारी, कैदी र एम्बुलेन्स तथा शव वाहन चालकलाई खोपको प्राथमिकतामा राखिएको थियो। त्यस्तै फागुन २ देखि १० गतेसम्म चलेको पहिलो चरणको दोस्रो प्राथमिकतामा सातै प्रदेशमा २ लाख ४० हजार ३६० जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका निर्वाचित जनप्रतिनिधि, सरकारी सेवामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, नेपाल आर्मी, बैंकर, निजी संस्थामा कार्यरत कर्मचारी, अदालतहरुमा कार्यरत कर्मचारी, पत्रकारलगायतलाई लगाइएको थियो। 

सरकारले यही २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने जनाएको छ। अबको अभियानमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप पाउनेछन्। सरकारले खोप अभियानमा ग्याप हुन नदिनका लागि भारतबाट खोप खरिद गरेको २० लाखमध्ये १० लाख खोप नेपाल ल्याइसकेको छ भने बाँकी १० लाख आउने प्रक्रियामा छ। 
 

प्रकाशित: Feb 24, 2021| 05:55 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।