शनिबार, जेठ १८, २०८२

कांग्रेसले ठिक समयमा उचित निर्णय लिन्छ : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले ठिक समयमा उचित निर्णय लिने बताएका छन्। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले ठिक समयमा उचित निर्णय लिने बताएका छन्। 

राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले पछिल्लो राजनीतिक घटनाक्रमलाई कांग्रेसले गम्भीरताका साथ हेरिरहेको भन्दै ठिक समयमा उचित निर्णय लिने बताएका हुन्। 

उनले २०४६ सालको परिवर्तनपछि कांग्रेस ‘भ्यालु बेस’ राजनीतिबाट टाढिएको बताए। कांग्रेस अहिले मूल्य मान्यताभन्दा पावर पोलिटिक्स र सत्ताको राजनीतिमा लागेको उनको भनाइ थियो।

‘पार्टीले मूल्य मान्यताको राजनीति गर्ने कार्यकर्तालाई उपहास गरेकाले अहिलेको अवस्था आएको छ। अहिले कांग्रेसको मुख्य चुनौती विधि प्रक्रियामा पार्टी सञ्चालन गर्नु हो,’ उनले भने।

उनले मुलुकमा बामपन्थीहरुको जगजगी चलेको बताउँदै कांग्रेस लोकतान्त्रिक पद्धति जोगाउन लाग्नुपर्ने बताए।

प्रकाशित: Mar 03, 2021| 06:08 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।