शनिबार, जेठ ३२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका अधिकांश सांसदले भने– ओलीसँग सहकार्य नगरौं

कांग्रेसका अधिकांश सांसदले भने– ओलीसँग सहकार्य नगरौं

नेपाली कांग्रेसका अधिकांश सांसद् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेपाली कांग्रेसका अधिकांश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्। 

संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले अबको सरकार गठनमा ओलीसँग मिल्न नहुने धारणा राखेका हुन्। 

ओलीले संविधान मिचेर संसद्को हत्या गर्न खोजेकाले उनीसँग सहकार्य गर्न नहुने उनीहरूको् भनाइ छ। 

बैठकमा भीमसेनदास प्रधान, राजन केसी लगायतका अधिकांश सांसदले ओलीको पक्षमा उभिन नहुने धारणा राखेका छन्। हालसम्म २८ जना सांसदले बोलिसकेका छन्। 

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेका थिए। तर, सर्वोच्च अदालतले फागुन ११ गते सरकारको निर्णयलाई उल्टाइदिएको थियो।  

सर्वोच्चको फैसलापछि सरकारले आइतबार प्रतिनिधिसभाको बैठक डाकेको छ। 

प्रतिनिधिसभाको बैठकअघि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो। बैठकको सुरुमा सभापति शेरबहादुर देउवाले सांसदहरुलाई आ–आफ्नो धारणा राख्न भनेका थिए।

देउवाले नेकपा फुटिनसकेकाले यो पक्ष वा त्यो पक्ष नभनीकन आआफ्नो धारणा राख्न निर्देशन दिएको सांसद मीन विश्वकर्माले जानकारी दिए। 

‘नेकपा अहिले कानूनीरुपमा फुटेको छैन, यस्तो बेला प्रतिनिधिसभामा हामी कसरी बढ्ने? साथीहरुले धारणा राख्नुहोला,’ देउवाले भनेका थिए,  ‘अहिले नै यो पक्ष वा त्यो पक्ष भनेर नलागौं। कांग्रेको भूमिका कस्तो हुने भन्ने बारेमा धारणा राख्नुस्।’ 

प्रतिनिधिसभा पुनः स्थापनापछि सरकारमा जाने वा नजाने बारे कांग्रेसमा मतान्तर छ। नेकपाको दाहाल–नेपाल समुहले कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव अघि सारेको छ। तर, कांग्रेस निर्णयमा पुगिसकेको छैन। 

प्रकाशित: Mar 05, 2021| 11:32 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।