शनिबार, जेठ ४, २०८२

नारायणगढ-मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडक खण्ड भोलि (फागुन २३ गते) देखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

चितवन- नारायणगढ-मुग्लिङ सडक खण्ड भोलि (फागुन २३ गते) देखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ।

यस खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम गर्नका लागि फागुन २९ गतेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। 

यस समयमा दुईतर्फी आवागमन नै अवरुद्ध हुने भएकाले सकभर बैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरेका छन्।

यस अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधनहरु जलबिरे र मुग्लिङ तर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने उनले बताए।

प्रकाशित: Mar 06, 2021| 08:08 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।