काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल निकट स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन्।
एक स्थायी कमिटी सदस्यका अनुसार एमालेले अवलम्बन गर्ने रणनीतिका विषयमा छलफल गर्न लागिएको हो। नेपाल-खनाल निकट स्थायी कमिटी सदस्यबीचकाे छलफल नयाँ बानेश्वरस्थित एक हाेटेलमा भइरहेकाे छ। हिजो आफू निकटका केन्द्रीय सदस्यहरूसँग नेपाल र खनालले छलफल गरेका थिए।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा केन्द्रीय सदस्यहरूले ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने र जबर्जस्ती गर्न खोजिए समानान्तर रुपले अघि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए। भेलाले तत्काल पार्टी कमिटीका बैठक बोलाउनुपर्ने माग पनि गरेको थियो।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत रुपमा नै फर्किएका छन्।
त्यसयता एमालेको माधव-झलनाथ पक्षले पार्टीभित्र नै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल तीव्र बनाएको हो।