सोमबार, असार ९, २०८२

कर्णालीमा माओवादी सांसद एमालेको प्रदेश सचिव

कर्णाली प्रदेशसभामा माओवादीबाट निर्वाचित सांसद धर्मराज रेग्मी एमालेको प्रदेश सचिवमा मनोनित भएका छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

सुर्खेत- कर्णाली प्रदेशसभामा माओवादीबाट निर्वाचित सांसद धर्मराज रेग्मी एमालेको प्रदेश सचिवमा मनोनित भएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित दैलेखका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एमालेको कर्णाली प्रदेश सचिवमा नियुक्त गरेका हुन्।

त्यस्तै ओलीले सुर्खेतका प्रदेशसभा सदस्य ठम्मर विष्टलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। उनीहरु गृहमन्त्री रामबहादुर थापाको समूहबाट मानोनित भएका हुन्।

सांसद रेग्मी एमाले प्रदेश सचिवसमेत मनोनित भएका छन्। तत्कालीन नेकपामा विवाद हुँदा दुवै जना ओली समूहमा खुलेका थिए। 

योसँगै रेग्मी र विष्टको सांसद पद धरापमा परेको छ। यद्यपि दुवै जनाले केन्द्रीय सदस्य बनेकोबारे केही प्रतिक्रिया दिएका छैनन्। 

दलमा ४० प्रतिशत नपुर्‍याई पार्टी परित्याग गरेको खण्डमा सांसद पद स्वतह सांसद पद खारेज हुने कानूनी व्यवस्था छ।
 

प्रकाशित: Mar 12, 2021| 14:32 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।