काठमाडौं– पर्यावरण जोगाउनका लागि युवाहरुले आज शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्। हरिण नेपाल नामक संस्थाको अगुवाइमा प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरुले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा पर्यावरण बिग्रिने भन्दै चिन्ता व्यक्त गरेका थिए।
तस्बिरहरूः दिनेश श्रेष्ठ