मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्घाखाँची सिमेन्टद्वारा निर्माण विज्ञसँग अन्तरक्रिया

अर्घाखाँची सिमेन्टद्वारा निर्माण विज्ञसँग अन्तरक्रिया

अर्घाखाँची सिमेन्ट प्रालिले निर्माण विज्ञ तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– अर्घाखाँची सिमेन्ट प्रालिले निर्माण विज्ञ तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर एवं निर्माण विज्ञहरुलाई उच्च प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासको निर्माणमा योगदान गरिरहेका निर्माण ब्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ।

८० जना निर्माण विज्ञ तथा व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुका साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम दिइएको थियो।

कम्पनीले कार्यक्रममा लक्की ड्रमार्फत तीनजना निर्माण ब्यवसायीहरुलाई उपहार वितरण गरेको थियो। यसैगरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडाैंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रम आयोजना गरेको थियो। 

प्रकाशित: Mar 21, 2021| 09:51 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्