काठमाडौं - एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक कलंकीस्थित मेगा व्यांक्वेटमा सुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेता भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल आन्तरिक रणनीति बनाउन छलफलमा छन्।
उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका स्थायी कमिटीका सदस्यहरूसँग छलफल गर्न लागेका हुन्।
ओलीले निलम्बन गरेपछि अब नेकपा एमालेभित्रको आन्तरिक संघर्ष निकै चुलिने देखिएको छ।