शुक्रबार, असार ६, २०८२

बागमतीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी (केन्द्र)ले बागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– नेकपा माओवादी (केन्द्र)ले बागमती प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

आज सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेकाहरुले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्।

प्रदेश सरकारविरुद्ध यसअघि माओवादी र एमालेको माधवकुमार नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढ्ने अवस्था नरहेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको माओवादीले जनाएको छ। बागमती प्रदेश सभामा माओवादीका २३ जना सांसद छन्। 

माओवादीले समर्थन फिर्ता लिए पनि बागमती सरकारलाई कुनै अप्ठ्यारो पर्नेछैन। प्रदेशसभामा एमालेको बहुमत छ। ११० सांसदमध्ये ५७ जना एमालेका छन्।

मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले भोलि बुधबार संसदीय दलको बैठक बोलाएका छन्। बैठकमा उनले एमाले माधव नेपाल समूहका सांसदहरुलाई आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिने बताइएको छ।

एमालेकी अष्टलक्ष्मी शाक्यलगायत ४५ जना सांसदहरुको हस्ताक्षरसहित गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको थियो।

प्रकाशित: Mar 30, 2021| 11:28 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।